मंसिर २५,हेटौंडा। मकवानपुर प्रहरीले अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने १३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
बुधवार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट अवैधरुपमा ढुंगा तथा बालुवा उत्खनन् रओसारपसार गर्दै गरेको अवस्थामा ती ट्र्याक्टरहरु नियन्त्रणमा लिईएको निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए।
उनका अनुसार, ना. ५ त ७१८६ ,बा.प्र.०३-००१ त ३९९ , प्रदेश २-०३-००१ त ४१०८, ना.७ त २०६४,ना. ६ त ३५६६, ना. ३ त १४७५,ना. ६ त ९८९९ , बा.प्र.०३-००१ त ४७४,ना. ७ त १३३,बा.प्र.०३-००१ त ४४४,ना. ४ त ४०४९, प्र.२-०३-००१त ६७६८ र प्र २-०३-००१ त ६४८० नम्बरका ट्र्याक्टरहरु नियन्त्रणमा लिईएको छ।



