मंसिर २९,हेटौंडा।मकवानपुरको हेटौंडास्थित चौकीटोलमा घर भत्काउने क्रममा तीनजना कामदार घाईते भएका छन्।

सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले डोजर लगाई अधकल्चो पारेको घर घरधनीले कामदार लगाई भत्काउने क्रममा ती कामदारहरु घाईते भएका हुन्।

घाईते हुनेहरुमा मकवानपुरगढी गाउँपालिका-१ रानिसेरा बस्ने बर्ष २२ का सन्तोष भ्लोन,उदयपुरको गाईघाट नगरपालिका-९ का २६ वर्षिय दिनेश चौधरी र उदयपुरकै बेलका नगरपालिका-१ पुरन्दा बस्ने ३० वर्षिय अरुण चौधरी छन्।

उनिहरुको शरिरका बिभिन्न भागमा चोट लागेर मध्यम अवस्थामा सहकारी र हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आईतवार करिब पौने ४ बजेको समयमा हेटौंडा-१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडी रहेको बिक्की जैसवालको घर भत्काउने क्रममा गारो ढल्दा उनिहरु घाईते भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय