मंसिर २९,हेटौंडा।मकवानपुरको मनहरीमा शिकार खेल्न गएका एकजनाको साथीले बोकेको भरुवा बन्दुक पड्केर ज्यान गएको छ।

मनहरी गाउँपालिका-६ बालुभन्ज्याङ बस्ने ५० वर्षिय सेते थिङको उनकै साथी गोपाल ब्लोनले बोकेको भरुवा बन्दुकको गोली लागेर ज्यान गएको हो।

प्रहरीका अनुसार आईतवार दिउँसो २ बजे मनहरी-६स्थित सिस्नेरीपखेरा जंगलमा उनिहरु एक-एकओटा भरुवा बन्दुक लिएर शिकार खेल्न गएका थिए।

राक्सिराङ-८ राजराङ्ग बस्ने ४५ वर्षिय गोपाल अघिअघी र सेते पछीपछी काँधमा बन्दुक बोकी हिँडिरहेको अवस्थामा अघि हिँडिरहेका गोपाल लहरामा अल्झिन गई लड्दा उनले बोकेको बन्दुक पड्किन गई पछिपछि आउँदै गरेका सेतेलाई लागेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली खटीई मुचुल्का लगायतका कार्य सम्पन्न गरेको र गोपाल ब्लोनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिएका छन्।

घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट अन्दाजी २० किलोमीटर उत्तर र इलाका प्रहरी कार्यालय,मनहरीबाट ३५ किलोमिटर उत्तर-पश्चिम तर्फ रहेको डिएसपी बोगटीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय