पुस १ हेटौंडा। मकवानपुरमा एक वृद्धद्वारा १४ वर्षीया किशोरी बिगत पाँच वर्षदेखि बलात्कृत हुँदै आएकी खुलेको छ।

जिल्लाको मकवानपुरगढी गाउँपालिकाकी ती किशोरी आफ्नै छिमेकीबाट पटकपटक बलात्कृत हुँदै आएको खुलासा भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ६५ वर्षीय डिलनाथ अधिकारीले करिब पाँच वर्षदेखि ती किशोरीलाई नातिनी र छोरीजस्तै माया गर्ने बहानामा ललाइफकाई गर्दै जबर्जस्तीकरणी गर्दै आएका थिए।

अधिकारीले घरमा कोही नभएको समयमा किशोरीलाई खानेकुरा दिने बहानामा पटकपटक बलात्कार गरेको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी प्रवक्ता, डिएसपी पुष्कर बोगटीका अनुसार अधिकारीले ती किशोरीलाई अन्तिम पटक गत कार्तिक २० गते जबर्जस्तीकरणी गरेका थिए।

उक्त घटनापछि पीडित बालिकाका दाइले मंसिर १४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएका हुन्।

जाहेरीपछि आरोपी अधिकारी फरार रहेको र उनको खोजी तथा अनुसन्धानकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय