पुस १,हेटौंडा।मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ,भने अर्का एकजना घाईते भएका छन्।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ टोक्चेराङका ३५ वर्षिय सुरेश लामा छन्।

मनहरी-७ लामा टोलस्थित आफ्ना काका डिसा लामाको घरमा बस्दै आएका सुरेश श्री मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा आज विहान करिब पौने ९ बजेको समयमा रुखबाट खसेर गम्भीर घाईते भएका थिए।

साजको रुखबाट अन्दाजी ३० फिट तल खसेका सुरेशलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उपचारार्थ हेटौंडा अस्पताल पठाएको थियो।

घाईते सुरेशलाई विहानै १० बजेर २० मिनेटमा हेटौंडा अस्पताल ल्याईएपनी चेकअप पश्चात १० बजेर २५ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

त्यस्तै,हिजो सोमवार हेटौंडा-१७ चुच्चेखोला बस्ने ४८वर्षिय राजुप्रसाद चौलागाईं पनि रुखबाट खसेर घाईते भएका छन्।

घर देखि १ किलोमीटर जती उत्तरतर्फ रहेको रानि सामुदायिक वनमा स्याउला काट्न जाँदा रुखमा चढ्ने क्रममा उनी चिप्लिएर खसेका प्रहरीले जनाएको छ।

गेरुलेको रुखबाट अन्दाजी १० फिट तल खसि घाईते भएका चौलागाईंलाई उनकी श्रीमती दुर्गाकुमारी चौलागाईंले साँढे ४ बजे हेटौंडास्थित सहकारी अस्पतालमा ल्याएकी थिईन्।

उनको ढाडमा भित्रि चोट रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय