पुस ४ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई जमानतमा थुनामुक्त गर्ने उच्च अदालत तुलसीपुर ,बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र तेज नारायण पौडेलविरुद्ध न्याय परिषदमा उजुरी दर्ता भएको छ।
युवराज सफलले दर्ता गरेको उजुरीमा बेन्च सपिङ्ग गरेर,आर्थिक प्रलोभनमा परेर र सेटिङ गरेर लामिछानेलाई सर्वोच्च अदालतको पछिल्लो आदेश प्रतिकुल हुने गरी थुनामुक्त गरेको दाबी गरिएको छ।

उजुरीमा फैसला गर्ने न्यायाधीशलाई तत्काल निलम्बन गरी हदैसम्मको कारवाही गर्न र यस अघि जिल्ला अदालत रुपन्देहीबाट भएको आदेश, लामिछानेलाई थुनामा पठाउन पर्ने उच्च अदालतको आदेश, जमानत बुझाएर छोड्न नमिल्ने जिल्ला अदालतको आदेश,साथै कैदमै पठाउने गरि आएको सर्बोच्च अदालतको आदेश र पौष ३ गते रवि लामिछानेलाई जमानतमा छोड्ने लगायतका आदेशका साथै रवि लामिछानेसङ्ग सम्बन्धित सम्पुर्ण मुद्दाका मिसिल समेत झिकाएर अनुसन्धान गर्न माग गरिएको छ।



