पुस ५,हेटौंडा ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर,बुटवलको आदेशबाट शुक्रवार रिहा भएका छन्।
उनको रिहा लगत्तै उनका समर्थकहरुले हरेक ठाउँमा खुसियाली मनाईरहेको देख्न सकिन्छ।

यसै अवसरमा लामिछानेले आज शनिवार चितवनको भरतपुरस्थित चौबिसकोठीमा अहिले ११ बजे विशेष एवं छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सो कार्यक्रमपछि उनि १ :५० बजेको उडानमार्फत काठमाडौं जानेछन्।
काठमाडौं गएर Gen-Z आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्ने कार्यक्रमको सुरूवात गरिने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
त्यसैगरी भोली आईतवार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टी घरमा स्वागत कार्यक्रमको तय भएको पनि प्रवक्ता झाले बताएका छन्।



