पुस ५,हेटौंडा।चर्चित गायक कर्णदासले कानुन सबैका लागी बराबर नभएको भन्दै व्यंग्य हानेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का तत्कालीन महानिर्देशक प्रदिप अधिकारीलाई फरक फरक व्यवहार गरेको दृष्टान्त प्रस्तुत गर्दै सामाजिक सञ्जाल फेसबुकमा व्यंगात्मक ढंगले पोष्ट गरेका हुन्।

कर्णदासले लामिछानेलाई २ करोड ८४ लाख बिगोमा त्यति नै धरौटी र अधिकारीलाई ८ अर्बको बिगोमा जम्मा ५ लाख धरौटी भन्दै व्यंगसहितको पोष्ट गरेका छन्।

विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने सहकारी रकम अपचलनमा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,बुटवलले २ करोड ८४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय