पुस ८,हेटौंडा। सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित धुराबजारमा आगो लगाएर एक युवतीको हत्या गरिएको छ।
अस्ति पुस ६ गते साँझ ३२ वर्षीया सुशीला बम्जनको आगो लगाएर हत्या गरिएको हो।

पेट्रोल छर्केर आगो लगाएर उनको हत्या गरिएको अनुसन्धानबाट थाहा भएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन्।

हत्यामा संलग्न रहेको आरोपमा मृतककी नन्द ३५ वर्षीया मिना लामा बम्जन र ५९ वर्षीया सासु मायारानी बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।

मृतककी नन्द मिनाले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी सुवेदीले जानकारी दिए।

आगजनी हुँदा मृतकका ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनको काठमाडौँस्थित अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय