पुस ८,हेटौंडा।मकवानपुरमा आगोले पोलेर एक बालिका घाईते भएकी छिन्।
चितवनको राप्ती नगरपालिका-१ लोथर घर भई मकवानपुरको वकैया-८ बस्ने दिलबहादुर प्रजाकी ५ वर्षिया छोरी सोनिया प्रजाको आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो।

सोमवार विहान ९ बजे वकैयाको शिशिर दमारस्थित रमेश फुँयालको कुखुरा फर्ममा काम गर्ने दिलबहादुर प्रजाकी छोरी सोनियालाई आगो ताप्ने क्रममा अचानक कपडामा आगो सल्कीई छात्ती र घाँटीमा पोलेको प्रहरीले जनाएको छ।
बालिकालाई आगोले पोलेर घाईते भएपछी उनकी आमा सानुमाय प्रजाले मध्यान्ह उपचारार्थ हेटौंडा अस्पताल ल्याएकी र हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।



