पुस ९,हेटौंडा।मकवानपुरको भीमफेदी गाउँपालिका-७ कोगटेस्थित एक गोठमा भएको आगलागीमा परेर एकजना महिला घाईते भएकीछिन्। आगलागीमा परी २ ओटा खसी,२ ओटा बोका र ४ ओटा बाख्रा मरेको छ।

घाईते हुनेमा गोठधनी ४४ वर्षिया कविता सिंजाली छिन्।
सिंजालीको आफ्नै घरदेखी अन्दाजी २० मिटर दक्षिणतर्फ रहेको काठले बनेको र खरले छाएको गोठमा गत सोमवार साँझ साँढे ७ बजेको समयमा कुँडो पकाउने क्रममा अचानक आगलागी भएको हो।

आगोले ढाड र टाउकोमा पोलेपछि उनको स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात हेटौंडा अस्पतालमा ल्याई उपचार भईरहेको प्रहरीले जनाएको छ।

चिकित्सकका अनुसार घाईतेको शरिरको १८ प्रतिशत भाग आगोले पोलेको र अवस्था मध्यम छ। आगलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट अन्दाजी १५ किलोमोटर पूर्वतर्फ पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय