पुस ९,हेटौंडा।भारतमा खरायो भन्दै कुकुरको मासु बेचेको घटना सार्वजनिक भएको छ।

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित गडहिया गाउँका मंगरु सहनीले खरायो भन्दै कुकुरको मासु बेचेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सहनी दैनिकजसो मदिरा पिउने गर्दछन् । मदिराकै लतका कारण पैसाको खाँचो टार्न उनले त्यस्तो जुक्ति निकालेका थिए।

गाउँकै एउटा कुकुरलाई सुटुक्क मारेका उनले गाउँलेलाई आफूसँग खरायोको मासु रहेको भन्दै धमाधम कुकुरको मासु एक हजार भारतीय रुपैयाँ प्रतिकिलोको दरमा बेच्न थाले।

सो रकमबाट उनले मदिरा पिउनुका साथै केही साथीलाई पनि पार्टी दिए । मदिराको नशाबाट मुक्त भएपछि भोलिपल्ट मंगरु आफैँले आफ्नो करतुत खुलासा गरेका हुन् ।

आफूहरूलाई खरायोको मासुभन्दै झुक्याएर कुकुरको मासु बेचेको थाहा पाएपछि गाउँलेले मंगरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गाउँलेले नजिकैको झाडीमा कुकुरको काटिएको टाउको र खुट्टासमेत बरामद गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय