पुस १८,हेटौंडा।सात महिनाअघी काठमाडौंबाट हराएको मोटरसाइकल हेटौंडामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ६ बजेको समयमा हेटौंडा-१२हात्तीगौंडा बस्ने २१ वर्षिय सनिस तितुङलाई सक्कली नम्बर परिवर्तन गरि चलाएको अवस्थामा नियन्त्रणमा लिएको हो।
तितुङले प्रयोग गर्दै आएका बा.प्र.०२-००३प ७२२० नम्बरको मोटरसाईकललाई शंका लागि प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाईकल गत जेठ २५ गते काठमाण्डौंको नागर्जुन नगरपालिका-५ बाट ईन्जिन नं. P.936*13501*, च्यासिस नं. MD2JPCXM6PCO29709 भएको वागमती प्रदेश ०२-०४४ प १३९८ नम्बरको 200 CC को DUKE मोटरसाइकल भएको खुल्न आएको हो।

मोटरसाइकल धनिलाई बुझाईएको।
प्रहरीले मोटरसाइकल धनिलाई बोलाई आफ्नो मोटरसाईकल सनाखत गराई विहिवार बुझाएको छ।



