फागुन १२,हेटौंडा।मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिकामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

फापरबारीबाट हात्तीसुँडेतर्फ जाँदै गरेको प्र.३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल बागमती गाउँपालिका वडा नं. ८, तल्लो भवानीस्थित सडकको नालामा खसेर दुर्घटना भएको हो।

रातको करिब ८:५० बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते मकवानपुरकै बकैया गाउँपालिका वडा नं. ८, बस्तीपुर निवासी अन्दाजी ४० वर्षीय प्रेमबहादुर गोलेलाई ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि तत्काल हेटौंडा अस्पताल पठाएको थियो।

​अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई राति ९:५० बजे मृत घोषित गरेका थिए।

घटनास्थल इलाका प्रहरी कार्यालय फापरबारीबाट करिब ३ किलोमिटर पश्चिम दूरीमा पर्दछ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय