फागुन २७,सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको छ।

फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस र रक्ताम्य अवस्थामा फेला परेकी र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थल नजिकैबाट एक जना र पीडित पक्षको उजुरीका आधारमा अन्य तीन जना गरी जम्मा चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरू १५ देखि १७ वर्ष उमेर समूहका छन्।

किशोरी पढ्ने विद्यालय र शव भेटिएको स्थान झण्डै १० किलोमिटरको दूरीमा छ।

पक्राउ परेकामध्ये एक किशोरसँग प्रेम सम्बन्ध रहेको र ‘मर्निङ वाक’ जाने बहानामा बोलाएर सामूहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

शवको पोस्टमार्टम भए पनि आफन्तहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैनन्।

प्रहरीले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको विस्तृत विवरण खुल्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय