चैत्र ८,हेटौंडा।हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित त्रिभुवन माविको ६४ औं अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको सभाध्यक्षमा भएको कार्यक्रममा ४ जना विद्यालय व्यवस्थापन समिति सदस्य समेत चयन गरिएको छ ।

चयन भएका सदस्यहरुमा गोविन्दप्रसाद न्यौपाने , बिनु नेपाली , बद्री लम्साल , जमुना राई रहेका छन् । अरु समिती चयनप्रक्रिया ३ दिन भित्रमा गरिसक्ने सदस्यसचिव विद्यालयका प्र.अ. रामकुमार बर्तौलाले जानकारी दिए ।

हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थी , अभिभावक , शिक्षक शिक्षिका,कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत रमेश बिडारी , पुर्व वडाध्यक्ष गोकर्ण पराजुली , वडा प्रतिनिधि विब्यस सदस्य सन्जय बिडारी , प्र.अ. रामकुमार बर्तौला , पीटिए अध्यक्ष रामकृष्ण बस्नेत , समाजसेवी गोपीनाथ उप्रेती , अक्कलबहादुर रोक्का क्षेत्री , विब्यस पुर्व अध्यक्ष दिवस पराजुली , विद्यालयका सहायक प्र.अ. बैकुण्ठ नेपाल , शर्मिला ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय