चैत्र ११,हेटौंडा।मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ घट्टेपाखा स्थित कान्तिलोक पथ सडकखण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौँतर्फ सर्फ लोड गरी जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आईचर ट्रक बिहान करिब २:५० बजे अनियन्त्रित भई सडक छेउको एउटा घरमा ठक्कर खाँदै सडकबाट करिब १००-१५० मिटर तल खोल्सामा खसेको थियो ।

ट्रकको ठक्करबाट स्थानीय ओमान सिंह तितुङको घरमा क्षति पुगेको छ ।

घटनालगत्तै अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङ, ईलाका प्रहरी कार्यालय ठिंगन र नेपाली सेनाको लेनडाँडा सुरक्षा बेशबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो ।

  • मृतक: पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादव रहेका छन् । उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा बिहान ६:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
  • घाइते: ट्रक चालक वीरगञ्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनलाई हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ ।

प्रहरीका अनुसार मृतक र घाइतेका आफन्तहरूलाई सम्पर्क भइसकेको छ र उनीहरू अस्पताल आउने क्रममा छन् ।

दुर्घटनास्थलमा हाल ईलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक कमल यादवको नेतृत्वमा टोली खटिएको छ । सडक अवरोध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय