चैत्र २१,निजगढ। दर्जनौँ चर्चित गीतहरू मार्फत नेपाली श्रोताको मन जित्न सफल चर्चित गायिका जुनु रिजालले दुवै मृगौला पीडित बाराको निजगढ-२ कि २१ वर्षीया ईशा बिकको जीवन बचाउने अभियानमा आफ्नो ऐक्यबद्धता जनाएकि छिन्।

चर्चित गायक रामचन्द्र काफ्लेकी जीवन संगिनी गायिका रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत ईशाको उपचारका लागि आफ्नो पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकि हुन्।

सञ्चारकर्मी शान्त सापकोटाको पहलमा सुरु भएको “ईशा बचाऔँ अभियान” को समाचार सामाजिक सञ्जालमा सेयर गर्दै रिजालले “मेरो पनि सहयोग रहन्छ” भन्दै मानवताको हातेमालोमा जोडिएकि छिन्।

अभियानलाई समर्थन गर्दै गायिका रिजालले ईशाको उपचारार्थ आवश्यक रकम जुटाउन आफ्ना शुभचिन्तक र आम नागरिकलाई सामाजिक सञ्जालमार्फत विशेष आह्वान गर्ने बताएकि छिन्।

नेपाली सुगम संगीत,लोकसंगीत र पार्श्व गायनमा स्थापित नाम जुनु रिजालको यो सक्रियताले जीवन र मरणको दोसाँधमा रहेकी ईशाका लागि नयाँ आशाको सञ्चार गरेको छ।

१५ दिनमै २ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको यस अभियानमा रिजाल जस्तो चर्चित व्यक्तित्व जोडिनुले आर्थिक स्रोत जुटाउन थप सहज हुने अपेक्षा छ।

आफ्नो पेसागत व्यस्तताका बाबजुद सामाजिक उत्तरदायित्व वहन गर्दै पीडितको घाउमा मलम लगाउन अघि सरेकी रिजालको सेवाभावलाई अभियानकर्ता र स्थानीयले प्रशंसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय