चैत्र २८,हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ नयाँबस्ती टोल घर भएकी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो ।

माईती घर भीमफेदी गाउँपालिका वडा नम्बर ६ सिमलटार गएकी वाइवा शनिबार बिहान करिब ९ बजेको समयमा माइती घरबाट करिब २०० मिटर दक्षिणमा रहेको खहरे खोलाको सिमलटाल तर्फ घाँस काट्न जान्छु भनी निस्किएकी थिइन् ।

घाँस काट्न गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी गर्ने क्रममा सोही स्थानको भिरबाट करिब ५०-६० मिटर तल लडेर गम्भीर घाइते अवस्थामा फेला पारेका थिए ।

​घाइते वाइवालाई तत्काल उपचारका लागि हेटौडा अस्पताल पठाइएकोमा  दिउँसो १२:४० बजे अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक सन्तोषी नरेन्द्र मोक्तानकी श्रीमती हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय