​बैशाख २५,हेटौंडा। वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको टोलीले ठूलो परिमाणको अवैध सालको काठसहित एउटा गाडी नियन्त्रणमा लिएको छ।

शुक्रबार  बिहान १:४० बजेको समयमा चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको बा. २० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पा डाँडामा रोकेर चेकजाँच गर्न खोज्दा गाडी तीव्र गतिमा भागेको थियो।

​प्रहरी टोलीले तत्कालै पिछा गर्ने क्रममा उक्त गाडीलाई हेटौंडा–२, सानोपोखरा चोकस्थित भित्री सडक खण्डबाट नियन्त्रणमा लिइएको जनाएको छ।

प्रहरीले गाडीलाई घेरा हाल्ने क्रममा चालक भने अन्धकारको फाइदा उठाउँदै फरार भएका थिए।

नियन्त्रणमा लिइएको गाडी खानतलासी गर्दा त्रिपालले छोपेर लुकाइएको अवस्थामा ४१ थान (जम्मा ७२.५९ क्युफिट) सालको काठ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको काठ र गाडीलाई थप कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय हेटौंडा पठाइएको र फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय