जेठ २२,निजगढ। बाराको जितपुरसिमरा उप-महानगरपालिका वडा नं. ९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा आज बिहान भिषण आगलागी भएको छ।

बिहान करिब १०:४० बजेको समयमा फ्याक्ट्रिको विद्युत प्रवाह हुने तार सर्ट भई अचानक आगलागी सुरु भएको हो।

​आगलागीको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी र सुरक्षा निकायको टोली घटनास्थलमा खटिएको छ।

इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण वैठाको कमाण्डमा ६ जना, तालुक इलाका प्रहरी कार्यालय सिमराबाट प्र.स.नि. सुरेन्द्र यादवको कमाण्डमा ४ जना, र औद्योगिक सुरक्षा बेस सशस्त्र प्रहरी जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जनाको टोली आगलागी नियन्त्रणका लागि खटिएका छन्।

​आगो निभाउनका लागि ५ वटा दमकल प्रयोग गरिएको छ। जसमा जितपुरसिमरा उप-महानगरपालिका, कलैया उप-महानगरपालिका, आयलनिगम अमलेखगंज बारा, र वीरगंज महानगरपालिकाका २ वटा दमकल रहेका छन्।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा अहिले आगो निभाउने कार्य भइरहेको छ।

​आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन अझै बाँकी छ। धागो फ्याक्ट्रि भएकाले आगो छिटो फैलिएको र नियन्त्रणमा लिन कडा मेहनत गर्नुपरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय