जेठ २५, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

​विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब १०:३० बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ८, बेलुवास्थित एक घरबाट उक्त गाँजा बरामद गरेको हो ।

​चामलको बोराभित्र लुकाएको अवस्थामा बरामद

​प्रहरीका अनुसार बेलुवा बस्ने रमेश न्यौपानेको घरमा कोठा भाडामा बस्दै आएकी बारा जिल्ला स्वर्ण गाउँपालिका वडा नम्बर ८, पर्सामपुर घर भएकी २५ वर्षीया सेहेरा खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

खातुनले आफ्नै कोठामा लागुऔषध लुकाईछिपाई राखेको सूचना पाएपछि प्रहरी टोलीले उनको कोठामा खानतलासी गरेको थियो ।

​खानतलासीका क्रममा कोठाभित्र रहेको चामलको बोराभित्र रातो प्लास्टिकले बेरेर लुकाएर राखिएको अवस्थामा २२ केजी ८५२ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय