असार १९, हेटौंडा। नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्यसमेत रहेका हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलले पार्टी संगठनलाई पुनव्यवस्थित गर्न “मिसन पार्टी जागरण अभियान” सञ्चालन गरेकाे बताएका छन्।
हेटाैँडा ४ नं. वडा कमिटीकाे बैठकमा बाेल्दै सिग्देलले पार्टीलाई सुदृढीकरण र नेता कार्यकर्तामा शुद्विकरणकाे लागि “मिसन पार्टी जागरण अभियान” भएकाे बताउँदै अभियान मार्फत देश, जनता र पार्टीमाथी आउने चुनाैति सामना गर्न र पार्टीलाई मजबुत बनाउने मिसनकाे उदेश्य रहेकाे बताए।
जनताले ठुलाे आश गरेर रास्वपालाई विजय गराएकाे तर, सरकारमा गएपछि सुकुम्बासीलाई उठिबास लगाउने, मूल्यबृद्वि, राष्ट्रघाती चरित्र, जान्नेलाई छान्ने भन्दै सबै तहमा आफ्नाे मान्छे भर्ती गरेर प्राप्त जनमतकाे खिल्ली उडाएकाे उनको भनाई थियो।
मुलुकमा भईरहेकाे यस्ता विकृत क्रियाकलाप नेकपा एमालेले मात्र रोक्न सक्ने भएकाेले बलियाे एमाले निर्माणकाे लागि “मिसन पार्टी जागरण अभियान” संचालन गरेको उनले बताए।
बैठकले पार्टी सदस्यता नवीकरण र विस्तार गर्ने, पार्टी अनुशासन उलङ्घन गर्नेलाई पहिचान गरि पार्टीकाे अनुशासनकाे दायरामा ल्याउने, अभियानमा वडमा रहेका सबै तहका नेता कार्यकर्ता परिचालिन गर्ने निर्णय गरिएकाे जिल्ला सदस्य तथा हेटाैँडा ४ नं. वडा ईञ्चार्ज शिवहरी दाहाल भन्छ्न्।
पार्टी वडा अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटीकाे अध्यक्षतामा बसेकाे बैठकमा जिल्ला सदस्य जग्गनाथ पाण्डे, जिल्ला लेखा समितिका सचिव वीरेन्द्र ढुङ्गाना, लेखा समितिका जिल्ला सदस्य विवेक कार्की, पार्टी नगर कमिटी सदस्य अर्पणा देवकाेटालगायतकाे उपस्थिती थियाे ।



