असार २२, सिंगौल। ​बाराको निजगढ नगरपालिका–१, सिंगौलस्थित गोरु बजारमा दाउ प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्।

स्थानीय अन्दाजी ५० वर्षीय धनबहादुर घिमिरेले सोही ठाउँका अन्दाजी ५२ वर्षीय मानबहादुर योन्जनमाथि दाउ प्रहार गरी घाइते बनाएका हुन्।

​आज बिहान करिब ११:५० बजेको समयमा सामान्य विवादका क्रममा घिमिरेले मासु काट्ने दाउले योन्जनको टाउको र गर्दनमा प्रहार गरेका प्रहरीले जनाएको छ।

दाउ प्रहारबाट घाइते भएका योन्जनको हाल निजगढस्थित सिटी अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

​घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा ५ जना र अस्थायी प्रहरी पोष्ट सिगैंलबाट प्रहरी सहायक निरीक्षक मनोज तिवारीको कमाण्डमा २ जनाको टोली घटनास्थलमा खटिएको थियो।

​प्रहरीले दाउ प्रहार गर्ने धनबहादुरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय