असोज २,हेटौंडा ।हेटौंडामा सम्पन्न खुल्ला तीज गीत प्रतियोगितामा सीता लम्सालको सानोपोखरा समूह हेटौंडा ५ प्रथम भएको छ। नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा हेटौंडा एफएम र नेश्नल गोल्ड टेलिभिजनले सोमबार हेटौंडा ४ स्थित पशुपति मन्दिर परिसरमा संयुक्तरुपम खुल्ला तीज प्रतियोगिताको आयोजना गरेको थियो।

प्रतियोगितामा हेटौंडा ८ को हजुरआमा सेवा समूह द्वितीय (श्रद्धा लामिछाने,पविता लामिछाने) र दियालो दमार समूह -१७ तृतीय भएका हेटौंडा एफएमकी प्रशासन प्रमुख अमिता लामिछानेले जानकारी दिईन्। त्यस्तै कालिका टोल विकाश समूह -८ र सामना समूहले सान्त्वना पुरस्कार प्राप्त गरे भने उत्कृष्ट नृत्य गरेबापत हेटौंडा ७ कि श्रद्धा लामिछानेले ५ तोला बराबर चाँदीको पाउजु प्राप्त गरेकी पनि लामिछानेले बताईन्।

बिजयी समुहले क्रमशः १५ हजार,१० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।बिजयी समूहलाई एफएमका प्रबन्ध निर्देशक उज्ज्वल चौँलागाई, हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा विभिन्न लोककलाकारहरुले प्रस्तुती दिएका थिए।

हेटौंडा एफएमले बिगत १५ वर्षदेखि तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता गर्दै आएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय