असोज१७,निजगढ ।सातौँ दक्षिण एसियाली तेक्वान्दो (आईटिएफ)च्याम्पियनसिप २०२३ मा स्वर्णपदक जित्न सफल लिलाकुमारी सापकोटालाई बाराको निजगढ नगरपालिका वडा नं ४ कार्यालयले सम्मान गरेको छ।सापकोटालाई बुधबार वडा कार्यालयमा सम्मान कार्यक्रमको आयोजना गरि प्रमाणपत्र सहित नगद १० हजार ५ रुपैयाँ प्रदान गरिएको वडाध्यक्ष विशन सापकोटाले जानकारी दिए।
गत श्रावण १९ देखि २१ गतेसम्म भारतको हैदराबादमा संचालित प्रतियोगितामा सापकोटाले ४४ केजि तौल समूह अन्तर्गत अन्तिम खेलमा भारतकी खेलाडीलाई पराजित गरी स्वर्णपदक हात पारेकी हुन्।

सापकोटा सयुंक्त अरब ईमिरेट्स र अफगानिस्तानका खेलाडीलाई हराउँदै फाईनल प्रवेश गरेकी थिईन्।सशस्त्र प्रहरी सेवामा कार्यरत सापकोटाले आफ्नै गृह वडामा सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताईन।
६ राष्ट्र सम्मीलित प्रतियोगितामा २२ ओटा स्वर्णसहित नेपालले दोश्रो स्थान हासिल गरेको थियो।नेपालबाट ६० जना खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।
प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण पदक जिति भारतले पहिलो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय