असोज २७,निजगढ ।तेस्रो संस्करणको नगरस्तरीय चौतारा भेट्रान्स फुटबल प्रतियोगितामा लालिगुराँस भेट्रान्स टिम सिँगौल सेमिफाइनल प्रवेश गरेको छ।शनिवार भएको खेलमा लालिगुराँस भेट्रान्सले पुरानो निजगढ भेट्रान्सलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
टिमको जितका लागि लालिगुराँस भेट्रान्सका जर्सी नं ८ का खेलाडी शेखर लोप्चनले ह्यट्रीक गरे।उनले खेलको ८ औँ,१२औँ र १६ औँ मिनेटमा लगातार गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।त्यस्तै दोश्रो हाफको दोश्रो मिनेटमा जर्सी नं ९ का खेलाडी मिम लामाले अर्को गोल गर्दै लालिगुराँस भेट्रान्सलाई बिजय उन्मुख बनाए।


खेलको अन्त्य तिर पुरानो निजगढ भेट्रान्सले सान्त्वना गोल गरेको थियो।३९औँ मिनेटमा पुरानो निजगढका जर्सी नं ८ का खेलाडी चन्द्रकान्त चौधरीले टिमका लागि सान्त्वना गोल गरेका थिए।
खेलको ‘म्यान अफ द म्याच’ लालिगुराँस भेट्रान्सका जर्सी नं ६ का खड्कबहादुर आले घोषित भए।उनलाई समाजसेवी खड्कबहादुर पुलामिले ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरेका थिए।


खेल निजगढ ७ स्थित नेत्रोदय मावी प्राङ्गणमा सञ्चालन भैरहेको छ।आगामी कार्तिक ४ गते हुने अन्तिम खेलका बिजेताले ३० किलो खसी तथा उपबिजेताले २० किलो खसी प्राप्त गर्ने आयोजकले जनाएको छ।त्यस्तै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई ट्रफी प्रदान गरिने पनि आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय