कार्तिक २३,हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टोलिका डिफेण्डर दिनेश राजवंशी पक्राउ परेका छन् । प्रहरी वृत्त, दरबारमार्गले राजवंशीसहित उनका ३ जना साथीहरुलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

राजवंशीसहित पक्राउ परेका ४ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि ७ दिन म्याद लिइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर उनीहरुविरुद्ध अनुसन्धानका लागि समय लिइएको हो ।
नेपालको राष्ट्रिय टिमबाट समेत खेलिसकेका दिनेश पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका थिए । ११ महिनाअघि अष्ट्रेलिया गएका उनले त्यहाँ पनि फुटबल खेल्दै आएका थिए ।
मंसिर ८ गतेदेखि सुरु हुने नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण खेल्न उनी नेपाल आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय