मंसिर १८,निजगढ ।बाराको निजगढ नगरपालिका २ नम्बर वडा कार्यालयले ६५ दिने वेटर तालिम सञ्चालन गर्ने भएको छ।वडा कार्यालयले मंसिर १८ गते एक सुचना जारी गर्दै सीप परिक्षणसहित तह १ को वेटर तालिम सञ्चालन गर्न लागेको जनाएको हो।
तालिम लिन ईच्छुक ३० वर्ष नकटेका वडाबासीले सुचना प्रकाशन भएको मितिले १० दिनभित्र वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
तालिममा सहभागी हुन नागरिकताको प्रतिलिपी १ थान,हालसालै खिचेको पासपोर्ट साईजको फोटो १ थान,एसएलसी वा एसईई उतिर्ण सर्टिफिकेटको प्रतिलिपी १ थान र वडा कार्यालयले उपलब्ध गराउने प्रतिबद्धता पत्र बुझाउनुपर्ने सुचनामा उल्लेख छ।
आर्थिक वर्ष ०८०/८१को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत तीन लाख रुपैयाँको लागतमा सीप परिक्षण सहितको वेटर तालिम संचालन गर्न लागेको कार्यवाहक वडाध्यक्ष पुष्कल खड्काले बताए।
कार्यक्रमले वडाका बेरोजगार युवाहरुलाई राहत पुग्ने खड्काको भनाई छ।




