मंसिर १८,काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ती भएका एक नेपाली विवेक खत्री युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो । मन्त्रालयले खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको जनाएको छ ।
हालसम्म रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।



