मंसिर २४,निजगढ ।बाराको निजगढ नगरपालिकाले स्थानिय सरकारको संवैधानिक तथा कानुनी आधार तथा स्थानिय सरकारको राजश्वको स्रोत र अधिकार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।आईतबार निजगढस्थित एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका कर्मचारी ,जनप्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको सहभागिता थियो।


कार्यक्रममा सहभागी वडा नं ६ का वडाध्यक्ष घनश्याम तिमल्सिनाले निजगढ नगरपालिकामा आयकर वृद्धि गर्न्न नदिजन्य पदार्थबाहेक बहाल बिटौरी कर,बैंक तथा सहकारीले बिज्ञापनको लागी प्रयोग गर्ने ठूला होर्डिङ बोर्ड आदिबाट पनि कर संकलन गर्न सकिने उल्लेख गरे।त्यस्तै वडा नं ३ का वडाध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले थप राजश्व संकलन गर्न नगरपालिकाले आवश्यक कानुन निर्माण गर्नुपर्ने धारणा राखे।’हामीलाई प्रशिक्षणमा भनेजस्तै करको दायरा बढाउन नगरपालिकाले कानुन नै बनाको छैन ‘उनले भने। कानुन सम्मत ढंगबाट थप राजस्व संकलन गर्न तथा करको दायरा बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आन्तरिक लेखा परिक्षक दिनेश श्रेष्ठले बताए।
स्थानिय सरकारको संवैधानिक तथा कानुनी आधार र प्रयोग,सेवा केन्द्रका रुपमा वडा कार्यालयबाट प्रवाह गर्ने सेवाहरु,कानुन तर्जुमा सिद्धान्त र प्रक्रिया ,
स्थानीय सरकारको राजश्वको स्रोत र अधिकार,राजश्व असुलिमा प्रभावकारिता वृद्धि गर्ने उपायहरु,राजश्व सम्बद्ध स्थानिय कानुनको आवश्यकता र उपादेयता,राजश्व संकलनमा जनप्रतिनिधि ,कर्मचारी र करदाताको भूमिका र प्रणाली विकाशलगायतका बिषयहरुमा प्रशिक्षण दिईएको थियो।
काठमाण्डौ महानगरपालिका, कानुन तथा मानवअधिकार बिभागका निर्देशक वसन्त आचार्य र वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।





