पुस १७,निजगढ।बाराको निजगढ नगरपालिका वडा नम्बर ६ मा संचालित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा थानेश्वर सापकोटा ‘अविरल निर्विरोध निर्वाचित भएका छन । उनिसंगै लेखा समिति संंयोजकमा राजन तिमल्सिना पनि निर्विरोध निर्वाचित भएका छन । संस्थाको आगामी पुष २७ गते हुन लागेको निर्वाचनमा ३१ जनाले मनोनयन पत्र दाखिला गरेका छन ।
निर्वाचन समितिले हिजो मंगलबार उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै संचालक समिति र लेखा समितिमा १८ पदको लागि ३१ जनाको उम्मेदवारी परेको जनाएको छ । निर्वाचन समितिका सदस्य नारायणप्रसाद गौतमका अनुसार अध्यक्ष पदमा थानेश्वर सापकोटा एकजनाको मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसंगै सापकोटा अध्यक्षमा निर्विरोध चयन हुने भएका हुन्। उनि संस्थाका पूर्वअध्यक्षसमेत हुन् ।
त्यसैगरी उपाध्यक्षमा उदयराज पाण्डे, टुकबहादुर तिमल्सिना, र गोविन्द घिमिरेसहित ३ जनाको उम्मेदवारी परेको छ । सचिव पदमा भने राजु गौतम र प्रकाश सापकोटाले मनोनयन पत्र दाखिला गराएका छन । त्यस्तै संस्थाको कोषाध्यक्ष पदमा रामहरी खरेल, राजुकुमार सिग्देल र लक्ष्मी गौतमकोे उम्मेदवारी परेको छ । उपसचिवमा नेत्रप्रसाद गौतम र निर्मल बजगाईको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य गौतमले जानकारी दिए।
सदस्यहरुमा भैरवप्रसाद रिमाल, तिलकबहादुर राउत, टिकाबहादुर फुयाल, निलाकुमारी थापा, रमाकुमार दहाल, हेमप्रसाद गौतम, कृष्णप्रसाद तिमल्सिना, उमा अर्याल, देवेन्द्र घिमिरे, पुस्तकप्रसाद चौलागाई, सन्तुबहादुर वाइवा, लिलाहरी चौलागाई, बसन्ता कार्की, रन्जीता अधिकारी, शर्मिला हुमागाई, सुर्यबहादुर खडका, तुलसी राम राउतको मनोनयन पत्र दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी लेखा समिति संयोजकमा राजन तिमल्सिनाको एकल उम्मेदवारी परेको छ भने सदस्यहरुमा रामप्रसाद हुमागाइ र उमादेवी दहालले मनोनयन दर्ता गराएकाछन्।
निर्वाचन समितिले दाबी विरोधमा छानबिनपछि पुष १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र २० गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । २ साताअघि भएको १३औं साधारणसभामा नयाँ संचालक समिति र लेखा समितिको चयनमा सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट पदाधिकारी छनौट गर्न लागिएको हो ।



