पुस२०,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । पालिकाको वडा नम्बर–४ स्थित लम्कना विचटोलका नारायण फेवाली मगरको घर आगलागीमा परी जलेर नष्ट भएको हो ।
मगरको काठले बनेको फुसको छानो भएको १ तले कच्चि घरमा बिहीबार दिउँसो विद्युुत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
आगलागीका कारण घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पुर्णरुपमा जलि नष्ट भएको छ। घटनामा मानवीय र पशु चौपायाको क्षति भएको छैन् । स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको उपरिक्षक भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय