पुस२०,निजगढ। बाराको निजगढ ९ मा संचालित सेवाशुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मणिश्वर घिमिरे दोश्रोे कार्यकालका लागी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारणसभाबाट घिमिरे पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
२०६७ साल आषाढ ५ गते स्थापना भएको शुभारम्भ साकोसको संस्थापक अध्यक्ष रहेका घिमिरे सेवा साकोससँग एकीकृत भएपछि दोश्रो कार्याकालका लागी पनि निर्वाचित भएका हुन्।
सरकारको सहकारीहरु एकीकृत गर्ने नीति अनुरुप २०७६ सालको जेठ ९ गते सेवा र शुभारम्भ साकोसबिच एकीकरणको सहमती भएको थियो।सहमती अनुसार जेठ १५ गते देखी एकिकृत कारोबार शुरु गरेको संस्थाले ७६ कै भदौ ७ गते भएको एकिकृत साभारणसभाले घिमिरेलाई पहिलो अध्यक्षका रुपमा चुनेको थियो ।
संस्था एकीकृत हुनु अघि २०६७ साल आषाढ ५ गतेको प्रारम्भिक साधारणसभाबाट संस्थापक अध्यक्ष बनेका घिमिरे २०७२ साल माघ २ गते भएको दोश्रो साधारणसभाबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए। यसरी स्थापनाकाल देखी १३ औँ वार्षिक साधारणसभासम्म घिमिरेले अनवरतरुपमा संस्थाको नेतृत्व गर्ने अवसर पाएका छन्।

सेवाशुभारम्भको नवगठित उपाध्यक्षमा निर्मल भण्डारी, सचिवमा मनोज रेग्मी, कोषाध्यक्षमा सकुन्तला लामा, सह सचिवमा दीपक सिवाकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा मुकुन्द विष्ट, हरिप्रसाद न्यौपाने, सावित्री बराल तिमल्सिना, सञ्जय पण्डित, सुनिल कुंवर र भिमप्रसाद सापकोटा पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
लेखा समितिको संयोजकमा पनि सोमराज तामाङ पुनः निर्वाचित भएका छन् भने समितिको सदस्यमा लोकबहादुर खुलाल र अनिश पोख्रेल निर्वाचित भएका छन् ।
नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक सुदर्शनप्रसाद कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।



