पुुस २४, हेटौंडा। ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन्। बाराको निजगढ नगरपालिका ११ स्थित हलखोरिया जंगलमा लामो समयसम्म निराहार तपस्या गरेको भन्दै चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार काठमाण्डौबाट पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले समाचार क्लबलाई जानकारी दिए ।
बम्जनमाथी अनुयायीहरुको हत्या,बलात्कार तथा बेपत्ता पारेको आरोप छ । सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा र सुरेश आले मगर तथा सञ्चमान वाईबा बेपत्ता रहेको भन्दै उजुरी परेपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि प्रहरीले ०७६ सालमा बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र२०७७ सालमा सिन्धुलीको आश्रममा पटक पटक छापा मारेपनि पक्राउ गर्न सकेको थिएन। बम्जन निजगढ १२ बुङ्जोरका स्थानिय हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय