पुस २६, हेटौंडा । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा उपस्थित गराएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बम्जनलार्ई बुधबार राति नै सर्लाही लगेको हो। अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको सर्लाही प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तीगौंडाबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय