पुस २८,हेटौंडा । हेटौंडाको पदमपोखरीमा रुखको हाँगा काट्नेक्रममा च्यापिएर एक युवाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरी बस्ने २० वर्षिय योगेश अर्यालको रुखको हाँगाले च्यापिएर मृत्यु भएको हो ।
शनिवार स्थानीय सोल्टि चोक नजिकै रुखमा चढी हाँगा काट्ने क्रममा हाँगाले उनको काँधमा लागी रुखमा च्यापिएको र मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। घटना बारे अनुसन्धान भइरहेको भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय