माघ १,हेटौंडा ।गायन रियालिटी शो `नेपाल आईडल´ सिजन ५ को हेटौंडा अडिशन माघ २ गते मंगलबार देखि हुनेभएको छ। मंगलबार हेटौंडा ९ स्थित कृष्ण आदर्श ईङ्लिस बोर्डिङमा प्री जज् अडिशनमा छनौट भएका सहभागीहरुलाई ३ गते बुधबार होटल एभोकाडोमा हुने जज अडिशनमा सहभागी गराईने आइडलका निर्देशक सुरेश पौडेलले सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
अडिशनमा भाग लिन चाहनेहरु ३० वर्ष नकटेको हुनुपर्ने छ।यद्यपि बिछ्ट्टै प्रतिभावानहरुलाई भने ३२ वर्ष सम्मका लाई अवसर दिइने पौडेलले बताए। जज अडिशनबाट छनौट भएकाहरुलाई प्रतिश्पर्धाका लागि काठमाडौ लगिनेछ।आइडलले पुस २१ गते झापाको बिर्तामोडबाट शुरु गरेको अडिशन महोत्तरीको बर्दिबास हुँदै हेटौंडामा तेश्रो अडिशन लिन लागेको हो। देशैभरका ८ स्थानमा प्री अडिशनबाट छनौट भएकाहरुलाई काठमाडौ लगिने पौडेलले बताए।
नेपाल आइडलको सिजन १ देखि सिजन ३ सम्म निर्णायकको भूमिकामा रहेका संगीतकारहरु न्ह्यु बज्राचार्य र कालीप्रसाद बाँस्कोटा तथा गायिका ईन्दिरा जोशी यस सिजनमा पनि निर्णायकको भूमिकामा रहनेछन्।
चौथो सिजनको निर्णायकमा संगीतकार सम्भुजीत बाँस्कोटा तथा गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान रहेका थिए।
आशिफ शाह र रीमा विश्वकर्मा पनि यस सिजनमा होस्टको भूमिकामा दोहोरिएका छन्। शाह र विश्वकर्माले सिजन २ मा सँगै प्रस्तुति दिएका थिए।
बुद्ध लामा,रवि ओड,सज्जा चौँलागाई र भूपेन्द्र थापा मगरले आईडलको सिजन ४ सम्मको उपाधी चुमि सकेकाछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय