माघ६,सिँगौल।बाराको निजगढ नगरपालिका ३ नम्बर वडा कार्यालयले वडावासीलाई कम्बल वितरण गरेको छ।वडाका जेष्ठ नागरिक ,असहाय तथा विपन्न परिवारका १ शय ४० जनालाई शीतलहरबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको वडाध्यक्ष गोकुलप्रसाद तिमिल्सिनाले बताए।
शुक्रबार वडाअध्यक्ष तिमल्सिना,कार्यपालिका सदस्य मानबहादुर डाँसेली,वडा सदस्यहरु जीतबहादुर लोप्चन, बुर्गान लामा,खड्गबहादुर खुलाल तथा वडासचिव हिरालाल रानामगरले लाभान्वितहरुको घरघरमै पुगि कम्बल वितरण गरेका हुन्।
तराईका जिल्लामा केही हप्तादेखी शीतलहरका कारण चिसो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय