माघ १९,हेटौंडा । ३२ वर्षिया भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन्।
पाण्डेको जन्म ११ मार्च १९९१ सालमा भारतको कानपुरमा भएको थियो । उनी मोडल र अभिनेत्री थिइन् । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीको कुरा गर्दा उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।





