फिल्म निर्देशक निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान दिए ३ रोपनी जग्गा
माघ२३,काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका–१ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले आधारभूत स्वास्थ्य उपकेन्द्रलाई दान दिएका हुन् ।
बुवाको इच्छामा उक्त जग्गा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले बताए । मालपोतमा जग्गा दान गर्न उनी बुवासँगै कार्यालयमा पुगेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय