फागुन १,निजगढ। जिल्ला खेलकुद विकास समिति बाराका नवनियुक्त प्रमुख हेमलाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । तेक्वान्दो प्रशिक्षक समेत रहेका श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले माघ १६ गते समितिको प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रमुखमा नियुक्त गरेसंगै श्रेष्ठले पदीय जिम्मेवारी सम्हालेका हुन् ।
परिषद्ले उक्त निर्णय भएको व्यहोरा उल्लेख गर्दै माघ १७ गते श्रेष्ठलाई प्रमुखमा नियुक्त भएको जानकारी पत्रमार्फत गराएको थियो । उक्त निर्णय अनुसार अधिकृत तृतीय प्राविधिक तहका तेक्वान्दो प्रशिक्षक श्रेष्ठले आज मंगलबार कलैयास्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
निजगढ नगरपालिका वडा नं ९ का स्थायी बासिन्दा श्रेष्ठले वि.स. २०५२ भदौमा नायब सुब्बा पाँचौ तहबाट राष्ट्रिय खेलकुद परिषद्मा करार सेवामा जागिरे जीवन सुरु गरेका थिए। श्रेष्ठ एनएस ट्रेनिङ पश्चात वि.स. २०६१ असोजमा स्थायी भएका थिए भने ०८० असोजमा अधिकृत तेस्रो श्रेणीमा बढुवा भएका थिए।
उनि तेक्वान्दो प्रशिक्षकका रुपमा नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा कोरिया, २०१६ मा क्यानडा, २०१८ मा जापान र मलेसिया तथा २०२३ मा भियतनामसम्म पुगिसकेका छन् ।



