फागुन ९,हेटौंडा । पुर्वी मकवानपुरको वागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको वागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मच्छिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने प्री म्याच कन्फ्रेन्समा ।

बुधबार प्रि म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगितामा उपाधी जित्न टिमले राम्रो तयारी गरेको बताए । खेलाडीहरु शारिरिक रुपमा अब्बल भएकाले टिमले निर्धारित समयमै बाजी मार्ने उनको दाबी छ।
फाइनलमा राष्ट्रिय खेलाडी मनिष डांगी खेल्ने चान्स कम रहेको उनले बताए। यसअघिका खेलमा पनि डांगी खेलेका थिएनन्।

एपिएफका टिम म्यानेजर सुशील अधिकारी प्री म्याच कन्फ्रेन्समा ।

यता एपीएफका म्यानेजर सुशील अधिकारीले पनि आफ्नो टिमले उपाधी जित्नेमा आफू विश्वस्त र आशावादी भएको बताए। केही हप्ताअघि मकवानपुर गोल्डकप जितेकोले पनि वागमती गोल्ड कप जित्ने आत्मबल बढेको उनको भनाई छ।

दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय