फागुन १३,हेटौंडा ।हेटौंडामा राष्ट्रिय पुरुष खुल्ला दौड प्रतियोगीता हुने भएको छ।नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा आगामी फागुन १८ गते शुक्रबार ‘खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता’ हुने भएको हो।
प्रतियोगितामा १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन्।
५ किलोमीटर दुरि पार गर्नुपर्ने प्रतियोगिता बिहान ७ बजे हेटौंडाको बुद्ध चोकबाट शुरु गरि कान्तिराजपथ हुँदै पिप्लेसम्म पुगेर पुनः बुद्ध चोकमै आएर टुंगिने आईतवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो।
४ लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको प्रतियोगितामा प्रथम हुने धावकले ६० हजार,द्वितीयले ५० हजार,तृतीयले ४० हजार तथा चौथो र पाँचौ हुनेले जनही १०/१० हजार पुरस्कार राशी प्राप्त गर्नेछन्।
प्रतियोगितामा भाग लिन चाहनेले टेलिफोनमार्फत आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।जसका लागी ९८४५४६३१८८,९८५५०६८३१४ र ९८५५०८९३७७ नम्बर दिईएको छ।साथै कार्यक्रम स्थलमै पनि कार्यक्रम शुरु हुनुभन्दा १५ मिनेट अगाडी सहभागीले नाम दर्ता गर्न सक्नेछन् ।
प्रतियोगिता नेपाल एथलेटिक्स संघको नियमानुसार संचालन गरिने आयोजकले जनाएको छ। पहिलो प्रतियोगिताको रुपमा संचालन गर्न लागेको समितिले यो प्रतियोगिताको समापन पछि मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय