फागुन १६,हेटौंडा। राष्ट्रिय संगीतकर्मी संघ मकवानपुर र हेटौंडा दोहोरी साँझले हेटौंडाका एकजना विपन्न बिरामीलाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ।संघले हेटौंडा उपमहानगरपालिका-१८ का ‘ब्रेन ट्युमर’का बिरामी ५५ वर्षिय राजकुमार गोङ्बालाई १० हजार ५ शय रुपैयाँ नगद र १० हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको संघका सचीव आरपी सापकोटाले जानकारी गराए।
संघका अध्यक्ष अजित लोप्चन,उपाध्यक्ष आशाराम थिङ र सापकोटाले लोङ्बाको घरमै पुगि नगद तथा दाल,चामल लगायतका खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

संघका सदस्यहरु लोङाबालाई सहयोग गर्न उनकै घरमा।

सो अवसरमा हेटौंडा दोहोरी साँझका संचालक जीवन थापाले पनि लोङ्बालाई ५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको सापकोटाले बताए।
आर्थिक अवस्था निकै कमजोर भएका लोङ्बा विभिन्न दाताहरुको आर्थिक सहयोगमा ट्युमरको अप्रेशन गरेर हाल घरमै आराम गरिरहेका छन्।
लोङ्बाको वीर अस्पतालमा ट्युमरको अप्रेशन गरिएको हो।उनलाई शुरुमा उपचार गर्न भारतसमेत लगिएको परिवारका सदस्यले बताए।

‘ब्रेन ट्युमर’ को अप्रेशनपछी लोङबा।

संगीतकर्मी संघ मकवानपुरले विपन्न र असहायहरुलाई विशेष प्राथमिकतामा राखेर सहयोग गरिरहेको संघका अध्यक्ष लोप्चनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय