फागुन १८, हेटौंडा। हेटौंडा रन २०८० कंचनपुरका २४ वर्षिय मुकेशबहादुर पालले जितेका छन्।नेपाली सेनाको त्रिभुवन क्लबमा कार्यरत पालले १५ मिनेट २२ सेकेण्ड ३७ पलमा ५ किलोमिटर दुरि पार गरेर प्रथम स्थान हासिल गरेका हुन्। त्यस्तै जुम्लाका ३३ वर्षिय दुर्गाबहादुर बुढाले दोश्रो,गोर्खाका २४ वर्षिय संजय श्रेष्ठले तेस्रो,ओखलढुंगाका २७ वर्षिय टंक कार्कीले चौथो तथा दाङका २१ वर्षिय नागेश्वर अहिरले पाँचौ स्थान हासिल गरे। नागेश्वर बाहेक बिजेता चारै जना नेपाली सेनाका हुन् ।नागेश्वर भने नेपाल प्रहरीमा कार्यरत छन्।
दोश्रो,तेस्रो,चौथो र पाँचौ स्थान हासिल गर्नेले क्रमशः १५ मिनेट २४ सेकेण्ड ६ पल,१५ मिनेट ३० सेकेण्ड २७ पल,१५ मिनेट ३५ सेकेण्ड ७५ पल र १५ मिनेट ४९ सेकेण्ड ५५ पलमा निर्धारित दुरि पार गरेका थिए।
पहिलो,दोस्रो र तेस्रो हुनेले करसहित ६०,५० र ४० हजार रुपैँया तथा चौथो र पाँचौ हुनेले जनही १०÷१०हजार प्राप्त गरे। विजेताहरुलाई हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा,उपप्रमुख राजेश बानियाँ,प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई लगायतते नगद तथा प्रमाणपत्र वितरण गरेका थिए।

उपाधी विजेता मुकेश पाल पुरस्कार ग्रहण गर्दै।

बुद्ध चोकबाट शुरु गरीएको दौड प्रतियोगिता कान्तिराजपथ हुँदै भैरव रोड,गर्दोर्ही,थाहा चोक हुँदै पुनःबुद्ध चोकमा आएर समापन भएको थियो। सुरुमा बुद्ध चोक हुँदै पिप्ले सम्म पुगेर फर्किने रुट बनाईएको भएपनि सडक अवरोध नहोस् भनेर रुट परिवर्तन गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेले बताए।
उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय खुल्ला हेटौंडा दौड प्रतियोगितामा २० जिल्लाका ९२ जना प्रतियोगीले सहभागिता जनाएको अध्यक्ष घिमिरेले जानकारी दिए।
प्रतियोगितामा मकवानपुर ,बारा,चितवन, काठमाडौ,दाङ,जुम्ला लगायत २० जिल्लाका धावकहरुको सहभागिता थियो।
प्रतियोगिहरु अधिकांस सेना,प्रहरीका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका तीन जना प्रहरी निरीक्षकहरु पनि प्रतियोगितामा सहभागी थिए।उपाधी जित्नलाई भन्दा पनि खेलकुद प्रतियोगितामा प्रहरीको पनि सहभागिता रहोस भन्ने उद्देश्यले सहभागी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

दाँयाबाट जिप्रका मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी ,प्रहरी निरीक्षकहरु दाताराम अधिकारी ,विक्रम खड्का मगर र प्रकाश शाह।

प्रतियोगी मध्ये सबैभन्दा बढी उमेर भएका ६९ वर्षका प्रेमजी श्रेष्ठले पनि प्रतियोगितामा सहभागिता जनाए। हेटौंडा–२का श्रेष्ठ पूर्व शिक्षक हुन् भने हाल हेटौंडा–१० स्थित पतञ्जली योग सेन्टरका प्रशिक्षक समेत हुन्।
पाको उमेरमा पनि स्वास्थ्य र खेलप्रती लगाव देखाएको भन्दै श्रेष्ठलाई नगर प्रमुख, उपप्रमुखले प्रशंसा गर्दै सम्मान गरेका थिए ।

६९ वर्षीय धावक प्रेमजी श्रेष्ठ नगर प्रमुख ,उपप्रमुखबाट सम्मानित भएपछी।

१६ वर्ष उमेर पुगेका देशैभरका नेपाली नागरिकले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको थियो।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद बिकास समितिको आयोजनामा पहिलो पटक हेटौंडामा भएको प्रतियोगिताको उद्घाटनमा बोल्दै नगर प्रमुख लामाले प्रतियोगीता पारदर्शिढंगबाट सम्पन्न गर्नुपर्नेमा जोड दिएकी थिईन्।
नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, ७ का अध्यक्ष दामोदर गौतम, ११ का अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी, एथ्लेटिक्स संघका केन्द्रिय कोषाध्यक्ष प्रभाकर पाण्डे, केन्द्रीय निर्णायक राजाराम पोखरेल सहित नगर खेलकुद बिकास समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय