फागुन १८, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ को चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् ।
नुवाकोटको लिखु गाउँपालिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ ।उनको अवस्था गम्भीर रहेको एसपी अधिकारीले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय