फागुन २३,हेटौंडा ।हेटौंडामा जारी नवौं संस्करणको ८–ए साईड भेट्रान्स रनिङ शिल्ड प्रतियोगिताको दोश्रो दिन पनि ५ खेल सम्पन्न भएको छ।
हेटौंडा भेट्रान्सको आयोजनामा पिप्ले रंगशालामा संचालित दोश्रो दिनको प्रतियोगितामा एबिसी भेट्रान्स पोखरा,किङ्कम भेट्रान्स काठमाडौ ,काठमाडौ किकर्स काठमाडौ ,हेटौंडा भेट्रान्स ’ए’ हेटौंडा र बानेश्वर भेट्रान्स काठमाडौ विजयी भएका छन्।

एबिसी पोखराले नागसोती हेटौंडा र बानेश्वर भेट्रान्सले चितवनलाई  ट्राईबेकरमा पराजित गर्यो। त्यस्तै किङकम काठमाडौले वीरगंज युथलाई ०–५ काठमाडौ किकर्सले वीरगंज सिटिलाई १–२ हेटौंडा ए ले हरिवन सर्लाहीलाई १–६ गोल अन्तरले पराजित गर्यो।

हेटौंडा भेट्रान्स र हरिवन भेट्रान्स सर्लाहीका खेलाडीहरु।

प्रतियोगिताको पहिलो दिन पनि ५ ओटा खेल सम्पन्न भएको थियो।
प्रतियोगितामा एबिसी पोखराका गोलकिपर सूर्य शर्मा तिमल्सिना,किङ्कम काठमाडौका जगत लामा,काठमाडौ किकर्सका नवीन पाण्डे,हेटौंडा ‘ए’का राकेश श्रेष्ठ र बानेश्वर भेट्रान्सका गोल किपर प्रजित तण्डुकार ‘म्यान अफ द म्याच’ घोषित भए।
आज भएको प्रतियोगितामा किङ्कम भेट्रान्स काठमाडौका खेलाडी जगत लामाले प्रतियोगिताकै पहिलो ह्याट्रीक गरे भने हेटौंडा भेट्रान्स ‘ए’ का राकेश श्रेष्ठले पनि दोश्रो ह्याट्रीक गरे।
प्रतियोगिताको तेश्रो दिन बिहीवार भने ४ ओटा खेल संचालन हुनेछन्।
विहिबार पहिलो खेल हेटौंडा ‘ए’ र बगरभाई खलक पोखरा,दोश्रो खेल पशुपति,हेटौंडा र एबिसी पोखरा तेश्रो खेल हेटौंडा‘बि’ र किङकम काठमाडौ तथा अन्तिम खेल काठमाडौ किकर्स र पहिलो खेलको विजेता टिमसँग हुने आयोजक हेटौंडा भेट्रान्सका संयोजक प्रशान्त पाख्रीनले जानकारी दिए।
देशभरिका १८ भेट्रान्स टिमहरुको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल फागुन २६ गते हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र ,उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा विधागततर्फ उत्कृष्ट गोल किपर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
मकवानपुर सहकारी अस्पतालले खेलाडीहरुका लागि खेल मैदानमा निशुल्क प्राथमिक स्वास्थ्यसिविर संचालन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय