फागुुन२४,हेटौंडा। हेटौंडामा फागुुन २६ गतेदेखि अन्तर क्याम्पस टि– २० क्रिकेट प्रतियोगिता हुने भएको छ । स्व. अष्टकुमारी शाक्यको स्मृतिमा हेटौंडा जेसीजले आयोजना गर्न लागेको प्रतियोगिता फागुन २६ गते देखि २९ सम्म हुने विहीबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो।
हेटौंडा ४ स्थित हुप्र चौरमा फागुन २६ गतेबाट हुने प्रतियोगितामा मकवानपुर,बारा,पर्सा र चितवनगरी ४ जिल्लाका क्याम्पसहरुको सहभागिता रहनेछ।
मकवानपुरका हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोेटेक र चितवनको एरोभा कलेजले प्रतियोगितामा सहभागिता जनाउने हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ।
जेसीज वर्ष १९९२ का अध्यक्ष पूर्ण शाक्यकी आमा अष्टकुमारी शाक्यको स्मृतिमा स्व.अष्टकुमारी टि २० क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ ।
प्रतियोगितामा विजेताले पचास हजार, ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार, ट्रफि र मेडल पाउनेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट व्याट्सम्यान र बलरलाई जनही पाँच÷पाँच हजार नगद प्रदान गरिने पनि जेसी अध्यक्ष श्रेष्ठले बताए ।
करिब चार लाख ५० हजार रुपैँयाको लागतमा प्रतियोगिता सम्पन्न हुुने आयोजकले अनुमान गरेको छ।



