फागुन २४, हेटौंडा। मकवानपुरको राक्सिराङमा एक युवक मृत फेला परेका छन्। गाउँपालिकाको वडा नम्बर ५ चुरीडाँडा वस्ने जोगलाल प्रजाका छोरा अन्दाजि वर्ष २८ का सोमलाल प्रजा मृत फेला परेका हुन्।
प्रजा राक्सिराङ- ५ स्थित टङरङ भन्ने ठाउँमा स्थानिय रिमलाल प्रजाको बाख्राको खोर छेउमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सोमलाल बुधबार रिमलालको घरमा विहेभोज खान गएका खुलेको छ। विहिबार साँझ साँढे ७ बजे मात्रै उनी मृत फेला परेको चैनपुर प्रहरी चौकिमा खबर प्राप्त भएको प्रहरीको भनाई छ।
घटना बारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली घटनास्थल पुगेको थियो। शव पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय